Section 7
नाम दर्ता गराउनु पर्ने
(१) दफा ११ र १३ बमोजिमको आर्थिक सुरक्षा प्राप्त गर्न चाहने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले आफ्नो नाम समितिमा दर्ता गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम दर्ता गराउन चाहने स्वास्थ्यकर्मीले स्वास्थ्य सम्बन्धी व्यावसायिक परिषद्बाट प्राप्त गरेको प्रमाणपत्र र स्वास्थ्य संस्थाले प्रचलित कानून बमोजिम प्राप्त गरेको संस्थापना सम्बन्धी प्रमाणपत्र संलग्न गरी समिति समक्ष निवेदन दिनु पर्नेछ ।
तर सरकारी स्वास्थ्य संस्थाले संस्थापनाको प्रमाणपत्र संलग्न गर्नु पर्ने छैन ।
(३) उपदफा (२) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा नाम दर्ता गर्न मनासिब देखिएमा समितिले त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको नाम दर्ता किताबमा दर्ता गरी निवेदकलाई तोकिए बमोजिमको ढाँचामा सोको प्र्रमाणपत्र दिनु पर्नेछ ।